Sunday , September 26 2021
Breaking News
Home / समाचार / आज राती १२ बजे देखि फेरि लकडाउन?

आज राती १२ बजे देखि फेरि लकडाउन?

राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै

२० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको

संख्या बढिरहेको छ । तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू
गरेको छ ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार

राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *