Saturday , September 25 2021
Breaking News
Home / समाचार / खोल ओढेर घिउ खाने फटाहा भन्दैँ उज्यालोका नायक कुलमानमाथि किन यसरी खनिए गुरु भट्टराई ?

खोल ओढेर घिउ खाने फटाहा भन्दैँ उज्यालोका नायक कुलमानमाथि किन यसरी खनिए गुरु भट्टराई ?

नेपाल बिधुत प्राधिकरणमा दोश्रो कार्यकालका लागि नियुक्त भएका कुलमान घिसिङलाई आफुलाई केपी ओलीको छोरा र साइवरसेनाका प्रधानसेनापति दावि गर्ने रेल्व कम्पनीका पूर्व महाप्रबन्धक गुरु भट्टराईले गम्भिर आरोप लगाएका छन ।

केपी ओली सरकारमा हुदा हालिमुहालि गरेर बसेका उनले नेपाल सरकारले स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रक्रिया अघि बढाएको सुइको थाहा पाएपछि हतारमा बरु स्पष्टीकारण नदिने भन्दै कारवाहीको डरले राजिनामा दिएका थिए ।

कुलमान घिसिङले मुर्खहरुलाई बेबकुफ बनाएर हिरो भएको र खोल ओढेर घिउ खाने फटाहा कुलमानलाई मातृभूमीले पनि सराप्ने आफ्नो फेसबुक स्टाटसमा लेखेका छन ।

१ वर्ष आफु बाहिर बसेर हेर्दा नेपाल विधुत प्रधिकरणको नाफा १२ अर्बबाट घटेर ३ अर्बमा पुगेको र अन्तरिक व्यवस्थापनमा कमिकमजोरी भएको अभिव्यक्ति कुलमान घिसिङले हिजो एउटा टेलिभिजनमा आन्तर्वार्ता दिएपछि आफुलाई केपी ओलीको छोरा र साइवरसेनाको प्रधानसेनापति दावि गर्ने गुरु भट्टराईले यस्तो टिप्पणी गरेको हुन ।

केहि महिना अघि उनले अपशब्द प्रयोग गर्दै महोत्तरी बर्दिबासका अनिल कुमार पासवानलाई १ घण्टा भित्रै अपहरण गर्न सक्ने आफु केपी ओलीको छोरा र साइवरसेनाका प्रधानसेनापति भएको दावि गरेका थिए । केपी ओलीको कृपाबाट कानुनी कारवाहीबाट बाचेका उनी तत्कालिनअर्थमन्त्री युवराज खतिवडाबाट २०७८ साउन ३१ मा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीसँग असहमत हुने वा उनका आलोचकलाई भने तल्लो स्तरका गाली गर्ने, तथानाम भन्ने, हियाउने र अश्लील तस्बिरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *