Saturday , September 25 2021
Breaking News
Home / समाचार / कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु भएपछि परिवार नै उजाडियो, बाँचेका एक मात्र छोरोको पनि अस्पतालमा उपचार हुँदै

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु भएपछि परिवार नै उजाडियो, बाँचेका एक मात्र छोरोको पनि अस्पतालमा उपचार हुँदै

विराटनगर-कोरोना संक्रमणका कारण विराटनगरमा एकै घरका तीन जनाको निधन भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएपछि परिवार नै उजाडिएको छ ।

परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएपछि गाँउ नै शोकाकुल बनेको छ । परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । अहिले छोराको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको बताइएको छ ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *