Friday , September 24 2021
Breaking News
Home / समाचार / एक लाख मासिक तलबको आश्वासन दिएर नेपाली महिलालाई काठमाडौँबाट कम्बोडिया पुर्याइयो, त्यसपछि जे भयो

एक लाख मासिक तलबको आश्वासन दिएर नेपाली महिलालाई काठमाडौँबाट कम्बोडिया पुर्याइयो, त्यसपछि जे भयो

काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु-याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको

काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पु¥याएका थिए ।

त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पु¥याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौ’ न शो ष ण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।

About admin

Check Also

भक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्डभक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्ड

काठमाडौं, असोज ८ – भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *