Sunday , September 19 2021
Breaking News
Home / समाचार / विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७ सय ५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ५३ हजार ६९ छ । यसमध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहानसम्मको तथ्यांकानुसार विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख ९८ हजारभन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *