Monday , September 27 2021
Breaking News
Home / समाचार / सबैले चिन्नुस यिनै हुन् देशमा १८ घण्टा सम्म लोडसेडिङ गराउने कर्मचारी

सबैले चिन्नुस यिनै हुन् देशमा १८ घण्टा सम्म लोडसेडिङ गराउने कर्मचारी

मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् ।यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् ।

शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौँ रकम बुझाएको छैन ।अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ ।

उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो । सर्वसाधरणलाई ५०० रुपेयाँ नबुझाउँदा पनि कारबाही गर्ने सरकारले व्यापारीले अरबौँ रकम नबुझाउँदा पनि कारबाही गर्न सकेको छैन ।

यो पनि..नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गर्नुभएको थियो ।

‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, तर, उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो’ २६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७८ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *