Sunday , September 19 2021
Breaking News
Home / रोचक / यौ-न प्या’स बढाउन अरबी राजकुमारहरु गर्छन दु’र्लभ पंक्षीको शि’कार

यौ-न प्या’स बढाउन अरबी राजकुमारहरु गर्छन दु’र्लभ पंक्षीको शि’कार

सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए। एक जनाले कार्यालयका साहूलाई सोधे: “के तपाईँसँग राम्रो कार छ? हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।” उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए। उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजपरिवारहरूमध्ये एउटाका सदस्य थिए।

उनी हुबारा बस्टार्ड नामक दुर्लभ पन्छीको सि’कार गर्न पास्नीबाट १०० किलोमिटरभित्र पान्जगुर जान चाहन्थे। उक्त पन्छीको मासुलाई कतिपयले यौ’ ‘न उ’त्ते’ज’क औ’ष’धि ठा’न्छन्। शेखलाई गाडी मन पर्‍यो। अनि उनले त्यतिखेर ३१ वर्षका हनिफलाई पनि सँगै लगे। हाल हाजी हनिफ भनेर चिनिने हनिफको त्यो बेलादेखि लामो मित्रता सुरु भएको थियो। सैँतीस वर्षदेखि अहिलेसम्म पनि हरेक वर्ष हुबाराको सिकार गर्न आउने राजपरिवारका सदस्यहरूलाई उनी सघाउँछन्।

लजालु स्वभावका यी पन्छी आकारमा टर्की चराजत्रै हुन्छन्। यिनको सङ्ख्या लगातार घटिरहेको छ त्यसैले यिनको सिकार वि’वादा’स्पद बनेको छ – तर अझै पनि रमाइलोका निम्ति तिनको सिकार गरिन्छ। पाकिस्तानका श’क्तिशाली स्वार्थ समूहहरूले यो गो’प्य रूपमा गरिने सि’कारको समर्थन गर्छन्। दशकौँदेखि चलिरहेको यस्तो सि’कारलाई खाडीका धनी देशका प्रभावशाली व्यक्तित्वहरूसँग सम्बन्ध विस्तारको एउटा माध्यम बनाइएको छ। यस्ता सि’कारको समर्थन गर्नेहरूले यसबाट रोजगारी तथा लगानी भित्रिने तर्क गर्छन्।

तर यसबाट पाकिस्तानले खासमा के फाइदा पाउँछ भन्ने प्रष्ट छैन। सिकार अभियानमा सामेल केहीका अनुसार राजपरिवारका सदस्यहरूले यस्ता भ्रमणलाई केवल व्यक्तिगत मनोरञ्जनको रूपमा लिन्छन्। प्रत्येक वर्ष नोभेम्बर र फेब्रुअरीको बीचमा हाजी हनिफले बलोचिस्तान प्रान्तस्थित रणनीतिक महत्त्वको ग्वादार बन्दरगाहबाट पूर्वतर्फ एक घण्टाको दूरीमा रहेको सो स्थानमा शाही समूहहरूको स्वागत गर्छन्। यो जाडो यामको सि’कार मौसम सकिनुअघि उनले बीबीसीलाई डाकेर राजपरिवारहरूका निम्ति उनी तथा उनका कर्मचारीहरूले गरेका मिहिन तयारी देखाएका थिए।

स्थानीय मानिसहरूलाई अझै पनि आधारभूत सुविधा नै उपलब्ध हुन नसकेको पास्नीजस्तो स्थानमा उनीहरूका निम्ति विलासितापूर्ण तयारी भएको देखिन्छ। हामीलाई दुईजना मानिसहरूले भेटेर एअरपोर्ट रोडबाट केही किलोमिटर पर रहेको हाजीको भव्य महलतर्फ लगेका थिए। ती मानिसहरूको जीप यूएईमा दर्ता भएको देखिन्थ्यो। हामीलाई त्यहाँ पुग्दा अबु धाबीकै कुनै ठाउँमा पुगेको जस्तो अनुभूति भयो। त्यो अनुभूति त्यतिखेर झनै बलियो भयो जतिखेर हामीले त्यहाँको घरमा प्रवेश गर्ने बेला अबु धाबीका राजपरिवारको सङ्केतचिह्न देख्यौँ।

सिकार गर्न आउने राजपरिवारका सदस्यहरूले दर्जनौँ स्थानीय मानिसहरूलाई रोजगारी दिन्छन्। हामी त्यहाँ पुग्दा शेखको फाल्कन चरा व्यवस्थापनमा व्यस्त केही पुरुषहरू देख्यौँ। अरू मानिस चाहिँ भान्साकोठा सफा गर्दै थिए वा त्यहाँको ग्यारेजमा राखिएका गाडीहरूको मर्मत गर्दै थिए। खाकीको पोसाक लगाएका एक जनाले हामीलाई अतिथिगृहमा लगे जहाँ अत्तरको मगमग सुगन्धले हाम्रो स्वागत गर्‍यो।”हाम्रो महल कस्तो लाग्यो?” सोफामा बसिरहेका हाजी हनिफले सोधे।

अहिले ६० वर्षको उमेर कटेका हाजी निकै रोचक कुरा गर्छन्। वरपर देखाउँदै उनले वर्षौँदेखि भएका शेखहरूको भ्रमणको वर्णन गरे। “त्यो बेला हामीले उनलाई गाडी उपलब्ध गरायौँ। त्यसपछि उनी फेरि हामीकहाँ आए। सन् १९८८ तिर आइपुग्दा म र मेरा बुवाले शेखका निम्ति २० वटा गाडीहरू व्यवस्थापन गर्न थाल्यौँ। उनले हामीलाई विश्वास गरे।” पास्नीका निम्ति त्यस्ता भ्रमणले करिब ३५ जना स्थानीय बासिन्दालाई रोजगारी दिलाएको छ। भ्रमण हुनुभन्दा तीन महिना अगाडिदेखि उनीहरूको काम सुरु हुन्छ।

फाल्कन चरा तथा परेवाको हेरचाह गर्ने, तिनलाई प्रशिक्षण दिने काममा कतिपय लाग्छन् भने तीन जना त शेखका निम्ति उमारिएका कागतीको बगैँचाको रेखदेखमा खटिन्छन्। लुगा धुनका निम्ति अर्का एक जना खटाइएका छन्। अरूहरू खाना पकाउने तथा सरसफाइमा सहभागी हुन्छन्। एकजना मानिसलाई मोटरसाइकलमा चढेर वरपर नजिकै कतै हुबारा बस्टार्ड पन्छीहरू छन् कि भनेर हेर्न खटाइन्छ। त्यसो गर्दा शेखहरूले सिकारका निम्ति टाढा जान पर्दैन। हाजी हनिफका तीन छोराले पनि उनलाई सहयोग गर्छन्।

जेठा छोराले ग्यारेज तथा शेखका निम्ति जुटाइएका २० वटा एसयूभी गाडी रेखेदेख गर्छन्। माहिला छोरा उनका अङ्गरक्षक हुन् र सुरक्षा मामिला हेर्छन्। कान्छाले चाहिँ स्थानीय मानिसहरूले हुबाराको सिकार नगरून् अनि तिनको विक्रीवितरण नगरुन् भनेर निश्चित गर्ने कार्य गर्छन्। पाकिस्तानले राजपरिवारहरूलाई सन् १९७३ देखि निम्त्याउन थालेको हो। उनीहरूका कैयौँ समूह जाडोयाममा दक्षिण पश्चिम बलोचिस्तान आइपुग्ने हुबारा बस्टार्ड पन्छीको सिकार गर्न आइपुग्छन्।

सन् १९८९ सम्म आइपुग्दा उक्त अभियानलाई प्रान्तीय सरकारले इस्लामावादका केन्द्रीय अधिकारीहरूसँग मिलेर व्यवस्थित बनाउन थाल्यो। त्यसअनुसार यूएईका राजपरिवारका निम्ति पास्नी, पान्जगुर र ग्वादार छुट्ट्याइएको छ। कतारका शेखहरूका निम्ति अवरन जिल्लाको झल झाओ इलाका छुट्ट्याइएको छ भने साउदी अरबका शाही परिवारका निम्ति चघी क्षेत्र छुट्ट्याइएको छ। सन् १९७० ताका शाही समूहहरू हुबारा जता हुन्छन् त्यतै शिविर खडा गरेर बस्थे। सिकार करिब एक साता चल्थ्यो। चरा मारेर उनीहरूले त्यहीँ पकाएर खान्थे र फर्किन्थे।

तर दक्षिण पश्चिम बलोचिस्तानमा वर्षौँदेखि जारी पृथक्तावादी गतिविधिका कारण उत्पन्न सुरक्षा चिन्ताले गर्दा अचेल सुनसान क्षेत्रमा शिविर खडा गर्नु सुरक्षित हुँदैन। त्यसैले राजपरिवारका सदस्य अधिकांश समय होटेल वा उनीहरूको इच्छानुसार बनाइएका घरहरूमा बस्छन् – हनिफको घरजस्तै। त्यहाँबाट केही मिनेटको गाडी यात्राबाट मरुभूमि गएर पहिल्यै सहयोगीहरूले पत्ता लगाइसकेका हुबाराहरूको सिकार गर्छन्। परम्परागत रूपमा फाल्कन चराले हुबारालाई लखेट्छन् – अनि हुबारालाई पक्रिएपछि घाँ’ ‘टी चुँ’डा’एर मा’ ‘रिन्छ। ‘ अचेल चोरीसिकारको चिन्ताका कारण सहयोगीहरूले पहिले हुबारा समात्छन् अनि शाही सि’कारीहरू आइपुगेछि मात्र तिनलाई छाडिदिन्छन् ताकि फाल्कनले ल’खेट्न स’कोस्।

About admin

Check Also

देश दुनियाँ सुन्दै अच्चम लाग्ने अनौठो कुरा यी युवतीको २ वटा यो’नी २ वटा पाठेघर, १८ वर्षकी हुँदासम्म थाहा थिएन !

काठमाडौं। एक युवती दुईवटा गर्भाशय र २ वटा योनीको साथमा जन्मिएको पाइएको छ । यसलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *