Sunday , September 19 2021
Breaking News
Home / समाचार / नेपाल टेलिकमको सिमकार्ड छ ? यसरी लिनुहोस् सेवा सुविधा

नेपाल टेलिकमको सिमकार्ड छ ? यसरी लिनुहोस् सेवा सुविधा

काठमाडौँ। सन् १९१६ मा नेपालमा पहिलोपटक टेलिफोन लाइन स्थापना भएको १९ वर्षपछि अर्थात् सन् १९३५ सालमा तत्कालीन राजदरबारले बल्ल टेलिफोनको लाइन पायो ।

त्यसपछि सन् १९५५ मा सरकारले सर्वसाधारणका लागि टेलिफोन लाइन वितरण सुरु गर्यो । नेपालमा टेलिफोन स्थापनाको ६४ वर्षको इतिहासले भन्छ– इन्टरनेट प्रविधिको विकासमा सबैभन्दा चाँडो विकास भने नेपालको टेलिफोन क्षेत्रले गर्यो ।

हाल नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, यूटीएलजस्ता टेलिफोन सेवा प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन् ।

यहाँ नेपाल टेलिकमले हालसम्म कस्ता सेवा दिएको छ ? सेवा कसरी प्रयोग गर्ने र नेपालमा टेलिफोन लाइनको इतिहास कस्तो छ भन्ने जानकारी प्रस्तुत गरेका छौं ।

यसरी लिनुहोस् सेवा

यस्तो छ विकास क्रम

काठमाडौं । सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै जनताको स्वास्थ्यमाथि खेलवाड गरेको रहस्य खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको भनेर प्रमाणित गरेको झण्डै दुई लाख किलो बटर उपभोक्तालाई बिक्री गरेको खुलिसक्दा पनि सम्बन्धित निकायहरु भने कानमा तेल हालेर बसेका छन् ।

गुण नियन्त्रण विभागले अस्वीकृत गरेको संस्थानको बालाजु प्लान्टको भण्डारणमा रहेको उक्त अखाद्य बटर डीडीसीले विक्री गरेको स्रोतको दावी छ । खाद्य प्रविधि विभागले पनि प्रयोगशाला परीक्षण गरेर नष्ट गर्न भनेको उक्त नौनीले उपभोक्तामा कस्तो असर गर्ने हो ? त्यो भने समयले नै बताउला ।

डीडीसीले १ लाख ९४ हजार ९७५ किलो बटर सुजल डेरी पोखराबाट खरिद गरेको जनाएको थियो । उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको उक्त नौनी करीब १६ करोड रुपैयाँ बराबरको रहेको पनि बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएको उक्त नौनी १० महिनाभित्र विक्री भएको हो ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *