Sunday , September 19 2021
Breaking News
Home / जीवनशैली / साह्रै भाग्यमानी हुन्छन् पैतलामा यस्तो चिह्न भएका व्यक्ति, सजिलै कमाउँछन् धन !

साह्रै भाग्यमानी हुन्छन् पैतलामा यस्तो चिह्न भएका व्यक्ति, सजिलै कमाउँछन् धन !

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो।

तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ।

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ।

समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन्। यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि।
त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन्। यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन।

जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन्। सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ।

जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ।

जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन्।

पैतालामा अंग्रेजी अक्षर ‘टी’ (T) जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।

About admin

Check Also

साइतमा नराम्रो असर पार्ने ७ कुरा – जानकारीको लागी पढ्नुहोला

यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *