Sunday , September 26 2021
Breaking News
Home / प्रमुख समाचार / नेपाली चेली पेमा लामा जसले ६ वर्षदेखि आकाशमा जहाज उडाउँदै आइरहेकी छन्

नेपाली चेली पेमा लामा जसले ६ वर्षदेखि आकाशमा जहाज उडाउँदै आइरहेकी छन्

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् ।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर (+२) अध्ययन गरिन्। (+२)अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् । जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको ‘इन्गेज्मेन्ट’ भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं-बनौं जस्तै लाग्योकेटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् ।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर (+२) अध्ययन गरिन्। (+२)अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् । जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको ‘इन्गेज्मेन्ट’ भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं-बनौं जस्तै लाग्यो

About admin

Check Also

अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *