Monday , September 27 2021
Breaking News
Home / मनोरंजन / भाइरल बन्दै प्रियंकाका जोडी !

भाइरल बन्दै प्रियंकाका जोडी !

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।

उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।

अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।

तर पनि यो जोडी रमाउन छाडेको छैन । हालैमात्र अभिनेता आयुष्मान देशराज जोशीले प्रियंकासँगको तस्विर शेयर गरे । जहाँ प्रियंकाले आच्ची पिटाइ नपुग्या भनेर कमेन्ट गरेकी छिन् । जुन कुरा अहिले भाइरल भइरहेको छ ।

About admin

Check Also

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं, ८ असोज । गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *