Saturday , September 25 2021
Breaking News
Home / समाचार / छिन्नमस्ता भगवतीको मुकुट र गहना चोरीगर्ने पक्राउ, कसरी फेला परे ?

छिन्नमस्ता भगवतीको मुकुट र गहना चोरीगर्ने पक्राउ, कसरी फेला परे ?

काठमाडौ । सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतवार सांझ मन्दीरको मुकुट चोरी भएको थियो । प्रहरीले मुकुट सहित गरगहना चोरी गर्ने एक जना पक्राउ गरेको हो ।

विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो। मन्दीरका पुजारी सरसफाइमा ब्यस्त भएको बेलामा मन्दीरवाट मुकुट लगायतका गहना चोरी भएको थियो ।

खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *