Saturday , September 25 2021
Breaking News
Home / स्वास्थ्य / महिलाले राति कपाल बाँधेर नसुत्नुहोस्, सुत्ने बेलामा ध्यान दिनै पर्छ यी कुरा

महिलाले राति कपाल बाँधेर नसुत्नुहोस्, सुत्ने बेलामा ध्यान दिनै पर्छ यी कुरा

काठमाडौँ । हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ।

डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ। यस्तो सपना देख्नुमा वास्तु दोष मुख्य कारक हुने शास्त्रमा उल्लेख छ। आज हामी तपाईलाई खराब सपनाबाट बच्ने केही उपायका बारेमा जानकारी दिदैछौँ।

सुत्ने बेला ध्यान दिनुहोस् यी कुरा

महिला राति कपाल बाँधेर नसुत्नुहोस्
महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन। राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ।

ओछ्यान सफा गरेर सुत्नुहोस्
यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ।

जुत्ता चप्पल बेडमुनी नराख्नुहोस्
कतिपयको बानी राति सुत्दा आफ्नो जुत्ता, चप्पल खाटमुनि नै राख्ने हुन्छ। यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ।

सिरानीमा चक्कु राख्नुहोस्
यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ।

About admin

Check Also

आफ्नो सास आँफैलाई गनाउँछ ? उसोभए मात्र रातमा यो काम गर्नुहोस्

काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *