Friday , September 24 2021
Breaking News
Home / प्रमुख समाचार / अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

क्याबिनेटमा सक्षम टिम बनाएर सरकार चलाउन देउवालाई माधव नेपालको सुझाव

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं सत्तारुढ गठबन्धनका एक साझेदार माधवकुमार नेपालले सरकारको सफलताका लागि सक्षम टिम बनाउनुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक्लै अघि नबढ्न र सक्षम मन्त्रीहरुको टिम बनाएर जान सुझाव दिएका हुन् ।

‘प्रधानमन्त्री एक्लैको मात्र पहलले केही हुँदैन,’ उनले भने, ‘सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित मान्छे चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ ।’

पछिल्लो समय मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला नेता नेपालले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् । आफू तत्काल सरकारमा जान नसक्ने भन्दै नेपालले गठबन्धनका अन्य दललाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न भनिसकेका छन् ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *