Monday , September 27 2021
Breaking News
Home / समाचार / गौरिकाले भनिन् : ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी छु’

गौरिकाले भनिन् : ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी छु’

काठमाडौं । जापानको टोक्योमा आयोजना भइरहेको ओलम्पिक्स २०२० मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

आफ्नो हिटमा तेस्रो भएकी गौरिकाले यसअघि उनकै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। आफ्नो कीर्तिमानी सुधार गरेकी उनले आफू खुशी रहेको बताएकी छिन् ।

गौरिकाले भने, ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ ।,’ बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

टोकियो एक्वाटिक सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ०.११ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

यसक्रममा उनले दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ०.।६२ सेकेन्डको रेकर्ड तोडेकी हुन्।

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ५२ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये १२ जिल्लामा आंशिक, बाँकी ४० जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *