Sunday , September 26 2021
Breaking News
Home / समाचार / कोरोनाभाइरस तेस्रो लहरको खतराः लकडाउन हुनसक्ने

कोरोनाभाइरस तेस्रो लहरको खतराः लकडाउन हुनसक्ने

१२ साउन – स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहरको खतरा औल्याएको छ ।

कोरोना भाइरसको तीनवटा भेरियन्ट पुष्टि भएको भन्दै तेस्रो लहरको खतरा औल्याएपछि लकडाउन हुन सक्ने संकेत देखिएको हो ।

निषेधाज्ञा खुकुलो पारेर निरन्तरता दिइएको अवस्थामा सरकारले तेस्रो लहरको खतरा औल्याएपछि यातायात, व्यवसायलगायतमा कडाई गरी लकडाउनको संकेत देखिएको हो । पछिल्ला दिनहरुमा कोरोनाभाइरसका संक्रमित र मृत्युदर बढ्ने क्रम बढिरहेको छ ।

निषेधाज्ञा खुकुलो बनाएलगत्तै मानिसहरुको भीडभाड बढ्न गई कोरोना सं-क्रमण बढिरहेको छ । सरकारले तेस्रो लहरको चुनौतीपूर्ण अवस्था औल्याउँदै तयारी गर्न अनुरोध समेत गरेको छ ।

यो पनि – भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार

झापा, १२ साउन: विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ता अघि भारतको मोतिहारी पु¥याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी शुरु गरेको थियो । उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको छ । त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।-रासस

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *