Monday , September 27 2021
Breaking News
Home / समाचार / राष्ट्रपति र प्रधानमन्त्रीको ‘लाजमर्दो भिडियो’ ! एकजना पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको ‘लाजमर्दो भिडियो’ ! एकजना पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेका छन् ।

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो ।

प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ।

पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।

घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा उक्त अश्लील टिकटक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसका समानुपातीक सांसद शैक्षिक ब्यापारी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफै लिएका छन् ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *