Friday , September 24 2021
Breaking News
Home / स्वास्थ्य / मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा यस्ता छन् !

मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा यस्ता छन् !

पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

रक्ताल्पता:मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।कब्जियत:मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।

छाला;यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।रक्तचाप:मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।

जोर्नी;यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।मोटोपना;मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।मांसपेशी”;यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोला :

ग्यास्ट्रिकले सताएर हैरान हुनुहुन्छ ? यी उपायबाट पाउनुहोस् छुटकारा

धेरै जसो नेपालीको पेवा बनिसकेको ग्यास्ट्रिकले धेरै लाई सताउने गर्दछ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्या नै ग्यास्ट्राइटिस हो।

छाती र पेटको बीचको भाग वरिपरि दुख्नु, पेट फुल्नु, अम्लपित बढ्नु, भोक हराउनु, मुख बिग्रिनु, ढ्याउ,ढ्याउ आउनु, खाना नपच्ने, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट पोल्नु,वाकवाकी लाग्ने, वान्ता हुने, कालो दिसा आउने, वान्तामा रगत देखिने, पेट हुडेल्ने, तौल कम हुने ग्यास्ट्रिकका लक्षण हुन् ।

अनियमित जीवनशैली जस्तै खाना निश्चित समयमा नखाने, भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, पचाउन गाह्रो हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने मानिसहरुमा यो रोग ज्यादा देखिएको छ।

लामो समयसम्म जाँड रक्सी, चिया, कफी,कार्वोनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ।

यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभीरएड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।

व्यस्तता र पिडामा बाच्नेहरु , मानसिक तनावको ले भरिएको जिवन शैली हुनेहरु , मनोरञ्जन नगर्ने, भय, शोक, चिन्ता, उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्।

जटिलताहरूः
ग्यास्टिकको समायामानै उपचार हुन नसके अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ।

यस्तै परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

About admin

Check Also

आफ्नो सास आँफैलाई गनाउँछ ? उसोभए मात्र रातमा यो काम गर्नुहोस्

काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *