Sunday , September 26 2021
Breaking News
Home / Uncategorized / विदेश गएका नेपालीको शव ल्याउनु जति दु:ख अरु केही हुन्न : क्याप्टेन लामा

विदेश गएका नेपालीको शव ल्याउनु जति दु:ख अरु केही हुन्न : क्याप्टेन लामा

काठमाण्डाै – नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताउनुभएको छ ।

आज मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइपुर्याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादयाक हुने उल्लेख गर्नुभएको छ । जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै

३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो सङ्ख्या सरकारको लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गर्नुभएको छ ।

यस्तै उहाँले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गर्नुभएको छ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *