Sunday , September 19 2021
Breaking News
Home / समाचार / अफगानी सेना डराएर भागेपछि, तालिबानीले बोरामा राखेको ३ अर्ब रुपैयाँ भेट्टाए !

अफगानी सेना डराएर भागेपछि, तालिबानीले बोरामा राखेको ३ अर्ब रुपैयाँ भेट्टाए !

काठमाडौं । अफगानिस्तानको ८५ प्रतिशत क्षेत्रमा कब्जा गरिसकेको तालिबानले दिनदिनै अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ।तालिबानी लडाकुहरु दिनदिनै अफगानिस्तानी चौकीमा कब्जा गरिरहेका छन् । पाकिस्तानको सीमा नजिकैको एक चौकी कब्जा गर्ने क्रममा भने तालिबानको भाग्य खुलेको छ । यहाँ तालिबानीले बोरामा भरेर राखिएको ३ अर्ब पाकिस्तानी रुपैयाँ फेला पारेका छन्।

पाकिस्तानी रुपैयाँ नेपाली रुपैयाँभन्दा सस्तो छ । पाकिस्तानी १ रुपैयाँ बराबर नेपाली ७५ पैसा हुन्छ । यस हिसाबले तालिबानीले भेटेको रकम नेपाली रुपैयाँमा २ अर्ब २५ करोड रुपैयाँ हुन्छ।पाकिस्तानी मिडिया जियो न्युजका अनुसार तालिबानका प्रवक्त जबीउल्लाह मुजाहिदले वक्तव्य जारी गरेर पैसा भेटिएको कुराको पुष्टि गरेका छन्।

घटना कान्दाहार जिल्लाको बोल्दाकमा पाकिस्तान-अफगानिस्तान सीमामा बनेको एक चेकपोस्टको हो । जियो न्युजका अनुसार तालिबानीहरु आइरहेको देखेपछि अफगानिस्तानको सेना चेकपोस्ट छोडेर भागेको थियो। चौकी क’ब्जा गरेपछि तालिबानी ल’डाकुले सबैभन्दा पहिले अफगानिस्तानको झण्डा हटाएर आफ्नो झण्डा लगाएका थिए । यो चौकीलाई रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ किनकि यो दुई देशको सीमामा छ

पाकिस्तानी सेनाले पनि चौकीमा तालिबानको क’ब्जा भएको पुष्टि गरेको छ । अफगानिस्तानको रक्षा मन्त्रालयले पनि यो घटनाबारे बयान जारी गरेको छ । मन्त्रालयले यस मामिलामा निरीक्षण गरिरहेको बताएको छ। जियो न्यूजका अनुसार यो पैसा तस्करहरुसँग लिइएको पैसा हो । यो रुटमा कुनै पनि तस्कर समातिए अफगानिस्तानको सेनाले उसँग घुस लिन्थे।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *