Sunday , August 1 2021
Breaking News
Home / Uncategorized / दिदिबहिनी समुह र रोल्पाली सेवा समाजले साउदीको दम्माम बाट दुई नेपाली चेलिको उद्वार,,हे’र्नुहोस् भिडियो।

दिदिबहिनी समुह र रोल्पाली सेवा समाजले साउदीको दम्माम बाट दुई नेपाली चेलिको उद्वार,,हे’र्नुहोस् भिडियो।

बिगत ५ बर्षदेखी साउदीको घरमा काम गर्दै आउनुभएका दुई नेपाली चेलिहरुलाई साउदीको दम्माम नाईटिन वानबाट उद्वार गरिएको छ। नेपाली दिदिबहिनी समुह साउदीका अध्यक्ष तुलसी माया गुरुङ र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सदस्यहरू भिम बुढा मगर,दिपक सिंह थापा लगायत तमुधी समाज साउदीका अध्यक्ष खेम गुरुङको टिमले उद्वार गरेको हो।

हिजो आइतबार उद्वार गरेर नेपाली दूतावासमा बुझाईएको हो। अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सक्रिय सामाजिक अभियानताहरु भिम बुढा मगर र दिपक सिंह थापाको सक्रियतामा साउदीको घरमा बन्दी जस्तै भएर बसिरहेका दुई चेली पवित्रा लिम्बू र मिना गुरुङलाई दिदिबहिनी समुहका अध्यक्ष तुलसी माया गुरुङको निवासमा लिएर तमुधि स
माज साउदीका अध्यक्ष खेम गुरुङको उपस्थित रहेक थियो।

गणतन्त्र युट्युब च्यानल र पिटि अनलाइनका संवाददाता सुबिन राज सेर्पालि लाई उपस्थित बनाएर उद्वार गरिएका दुई चेलिहरुको संक्षिप्त भिडियो अन्तरबार्ता लिएको थियो । विभिन्न प्रकृतिका नेपाली दिदिबहिनी हरुलाई धेरैपटक उद्वार गरिसकेको जानकारी अध्यक्ष तुलसी माया गुरुङले बताउनुभएको छ।

सामाजिक कार्यहरुमा निरन्तर लागिरहेका दुई रोल्पाली युवाहरुले यसरी दिदिबहिनी हरुलाई उद्वार गर्न पाउदा र हामिलाई सधै प्रेरणा दिइरहने आदरणीय दिदी तुलसी माया गुरुङ साउदीमा रहुन्जेल हामी उद्वार कार्यहरुमा निरन्तर लाग्नेछौ थापाले भन्नुभयो।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *