Monday , August 2 2021
Breaking News
Home / समाचार / सत्ता परिवर्तनका वाहक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जंगबहादुर राणालाई घरबाहिर निस्किनै खतरा, देउवा सरकारले लियो एक्सन !

सत्ता परिवर्तनका वाहक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जंगबहादुर राणालाई घरबाहिर निस्किनै खतरा, देउवा सरकारले लियो एक्सन !

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा खतरा बढेको छ । बहुदलीय ईतिहासमै पहिलोपटक प्रधानमन्त्री नियुक्तीको आदेश दिएका उनीमाथि सुरक्षा खतरा बढेपछि शेर बहादुर देउवा नेतृत्वको सरकार एक्सनमा उत्रेको हो ।

संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

राण्णलाई सुरक्षा चुनौती बढेको वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

उनको नीजि निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँको सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने ।

संसद पुनस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यता एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ ।

राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ ।

विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो ।

र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *