Saturday , September 25 2021
Breaking News
Home / समाचार / गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब कुन इन्धनको मूल्य कति ?

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब कुन इन्धनको मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले ग्यासमा २५ रुपैयाँ र डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धमा सबैमा दुई दुई रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोल लिटरको १२९, डिजेल र मट्टितेल ११२ रुपैयाँ पुगेको छ । आन्तरिक ह्वाइ इन्धनतर्फ ८४ प्रतिलिटर, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ ७५४, एलपी ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धी गरेर १४२५ रुपैयाँ पुर्याइएको निगमले जनाएको छ ।

कोरोनाका बाबजुद पनि भारतबाट आउने इन्धनको मूल्य बढेकाले पुनः समायोजन गरिएको निगमले जनाएको छ। पछिल्लो समय इन्धनमा निरन्तर मूल्यवृद्धि हुँदै आएको छ ।

यस अघि इन्धनको मूल्य १० असारमा समायोजन भएको थियो ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *