Monday , August 2 2021
Breaking News
Home / Uncategorized / ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड,,,,

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड,,,,

काठमाडौं : सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो किकहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपीशर्मा ओली ?

०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालय सहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँ माथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइट मार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने ।

यो प्रक्रिया प्रारम्भ भएबाट शासक मात्र होइन, कार्यालय मै बसेर भ्रमण भत्ता बुझ्ने प्रशासक पनि तिल्मिलाए । तिनका खेतीपातीमा खडेरी लाग्यो ।

७४ सालमा बालकोटबाट केपी शर्मा ओली बालुवाटार छिरे सँगै त्यो प्रक्रिया अवरुद्ध भयो । बरु प्रधानमन्त्रीको ठाडो आदेशमा कैयौं बिल गोप्य राख्ने र त्यही आधारमा भुक्तानी दिने प्रक्रिया यसरी अघि बढ्न थाल्यो

०७७ पुस ५ मा प्रतिनिधिसभाको पहिलो अवसानपछि आफ्नो पक्षमा उत्रिएका वकिलहरूलाई राज्यकोषबाट आधा करोड भुक्तानी दिने काम भयो । जाँदा जाँदै ओलीले खाजा खर्चमै राज्यको ४ करोड चुना लगाएको हिसाब पनि भेटियो ।

यी खर्चलाई महालेखाले कैफियत भनेको छ । ३ वर्ष ३ महिना बालुवाटारमा रहेर अघिल्लो साता बालुवाटार छाडेका ओलीले पछिल्लो एक वर्षमा मात्र खाजा

शीर्षकबापत सिंहदरबारबाट ४ करोड भुक्तानी गराएको चर्चा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्याप्त छ । याे समाचार जनआस्था साप्ताहिकमा छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *