Saturday , September 25 2021
Breaking News
Home / राजनीति / देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली जस्तै हो -केपी ओली

देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली जस्तै हो -केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै देउवाले पाएको विश्वासको मतलाई ओलीले कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन् ।

‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो,’ ओलीले कटाक्ष गरे । देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला शुरु गर्ने उनले बताए ।

‘जनविरोधी काम शुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले भने । काँग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको ओलीले आरोप लगाए ।

थप सामग्री – एमाले सांसद नविना लामाको चिन्ता – हाम्रो पुस्ताको राजनीति बर्बाद भयो ! नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै बर्बाद भएको बताएकी छिन् ।

उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न समेत गरेकी छिन् । उनले भनेकी छिन्–‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ । महान् नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ । अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ ।’

उनले अहिले नेकपा एमाले भित्रको पनि गुटबन्दी बडो खतरनाक र कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताएकी छिन् । आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीलाई सरकार बनाउनु यो भन्दा अर्को दुःखद घटना केही नहुने उनको भनाई छ । उनले भनेकी छिन्–‘यो भन्दा दुःखद घटना के हुन सक्छ ?? बर्बाद भयो । जबज खोइ ??? हाम्रो पुस्ताको राजनीति?? हाम्रो पार्टीको राजनीति पार्टी एमाले भोट अर्को अर्को पार्टी हो???’

आइतबार प्रतिनिधि सभामा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो ।

About admin

Check Also

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *