Monday , August 2 2021
Breaking News
Home / समाचार / खुसीको खबर ! २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, ७२२६ जना निको भए

खुसीको खबर ! २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, ७२२६ जना निको भए

काठमाडौं– नेपालमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ।

देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *