Sunday , August 1 2021
Breaking News
Home / धर्म सस्किर्ती / यी ४ राशिलाई मानिन्छ असाध्धै भाग्यमानी र बलिया राशि, तपाईंको कुन ?

यी ४ राशिलाई मानिन्छ असाध्धै भाग्यमानी र बलिया राशि, तपाईंको कुन ?

ज्योतिषी भाषाअनुसार हाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ। आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं ।

तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला । यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ । जीवनको गोप्या कुराको खुलासा पनि तपाईको कुंडलीले गर्छ।

तर यी सबैको इतर ज्यातिषी विद्याको एक अर्को खास विशेषता छ । जसअन्तर्गत तपाई कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सक्नुहुनेछ । अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् ।

तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

मेष राशि: यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।

मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

बृश्चिक राशि: बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ ।

जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ । यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

कुम्भ राशि: कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन्। यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन्।

मकर राशि: यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना
धेरै प्रबल हुन्छ। अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

About admin

Check Also

जान्नुहोस् यी ३ राशीका स्त्रीहरुले आफ्नो भन्दा बढी परिवारको खुशी चाहान्छन्, घरलाई बनाउछन् स्वर्ग समान

ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ। हुन पनि हो,ज्योतिष विज्ञान भनेको हाम्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *