Friday , September 24 2021
Breaking News
Home / समाचार / बैदेशिक रोजगारमा जानेले खोप लगाउन के के डकुमेन्ट चाहिन्छ ?

बैदेशिक रोजगारमा जानेले खोप लगाउन के के डकुमेन्ट चाहिन्छ ?

काठमाडौं : सरकारले बैदे’शिक रोजगारमा जाने युवालाई कोरोनाको खोप लगाउने भए संगै अर्को चर्चा चुलिएको छ । बैदेशिक रोजगारमा जाने युवा र बैदेशिक रोजगारबाट छुट्टीमा आएका नेपाली कामदारहरुलाई स’रकारले कुन आधारमा र के के डकुमेन्टको आधारमा खोप लगाउने अनुमती दिन्छ ।

यो नै अहिले धेरैको प्रश्न रहेको छ । मलेसिया, साउदी अरबिया, दुबै, कतार, ओमान , कोरिया, टर्की जस्ता देशमा रोजगारिको लागि जाने नेपाली युवा’लाई रोजगार दाता देशले कोरोनाको भ्याक्सिन पहिलो सर्तको रुपमा राखे संगै रोजगारमा जाने युवा’लाई भ्याक्सिन दिनु पर्ने माग उठ्दै आएको थियो ।

खोप नपाएकै कारण बिदेश’को रोजगारी गुम्ने खतरा रहेको बेला सरकार’ले भेरोसेल खोप र जोनसोन एण्ड जोनसनको खोप दिने तयारी गरेको छ । भने बैदेशिक रोजगारमा जाने युवाहरु र बैदेशिक रोजगार’बाट छुट्टिमा आएका तर बिदेश फर्कनु पर्ने युवाहरुको लागि भ्याक्सिन दिन थालिएको छ ।

भ्याक्सिन लगाउनको लागि बैदेशिक रोजगारबाट छुट्टिमा आएकाको हकमा भिसा स्ट्याम्प लागेको पासपोर्ट चाहिने अनुमान गरिएको छ भने । बैदेशिक रोजगारमा जान लागेका युवाहरुको हकमा मेनपावर कम्पनीले तयार गरेको प्रक्रिया, राहदानी लगायतका डकुमेन्ट चाहिने र त्यसलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेको अवस्थामा भ्याक्सिन दिने जानकारहरु बताउछन् ।

सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको लागि भ्याक्सिन दिन लागिए संगै बैदेशिक रोजगारमा जान नपाएर रोजगार गुमाउने डरमा रहेका युवाहरुमा खुसी याली छाएको छ ।

सबैले खोप नपाएको अवस्था

अहिले नेपालमा सबैजनाले खोप पाएका छैनन् । खोप नपाएको अवस्थामा कोरोनासँग लड्न सक्ने प्रतिरोधी क्षमता विकास भएको हुँदैन जसका कारण संक्रमणको जोखिम उच्च छ ।

सबैजनाले खोप नलगाइसकेको अवस्थामा विश्वले नै चासो देखाइरहेको कोरोनाको नयाँ भेरियन्ट देखिनु, सामाजिक दुरी कायम नगर्नु, जनस्वास्थ्यका मापदण्ड सही तरिकाले पालना नगर्दा अझैपनि जोखिम कायम छ ।

हामी सैदान्तिक कुरा गरिरहेका छैनांै र हामी अहिले यस्तो होला की भनेर कल्पना पनि गरेका छैनौ, वास्तवमा यो भइरहेको छ । कतिपय देशहरुमा संक्रमण फेरि उकालो लागिरहेको छ । त्यसैले हामीसँग भएका उपायलाई अवलम्वन गरि संक्रमण न्यून राख्न सबैले प्रयत्न गर्नुपर्छ, हामी विवेकशिल हुनैपर्छ ।

हामीले व्यक्रिगत तहमा भौतिक रुपमा उपिस्थत हुँनाले संक्रमण बढ्ने भएकाले सम्भव भएसम्म फोन र इन्टरनेटमार्फत सम्पन्न गर्न सकिने काम भए त्यसरी नै गरौं, भेटघाटलाई बढावा नदिऔं । साथै सामाजिक सञ्जालमा आएका सूचनाहरुमा भर नपरौं । कतिपय सूचना र समाचार भ्रामक पनि हुन्छन् त्यसैले सूचनाको स्रोतको आधिकारिकता तर्फ ध्यान दिऔं ।

(आइतबारको प्रेस ब्रिफिङमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले प्रस्तुत गर्नुभएको धारणाको केही अंश ।)

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *