Saturday , September 25 2021
Breaking News
Home / समाचार / परिस्थिति फेरियो भन्दै विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल

परिस्थिति फेरियो भन्दै विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको छ। सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बसेको कांग्रेससहितको गठबन्धनमा नेता नेपालले आफू केही समय पार्टी एकतामा क्रियाशील हुने सुनाएका हुन्।

‘मेरो पार्टीभित्र केही जटिलताहरु देखिएका छन्, त्यसलाई मिलाउनु छ,’ नेता नेपालले गठबन्धनको बैठकमा भनेको कुरा उधृत गर्दै एक नेताले भने, ‘यो अप्ठेरो स्थितिलाई तपाईहरु सबैले बुझिदिनुहोला। अब म पार्टीलाई मजबुत बनाउन केहीसमय लाग्नेछु।’

यद्यपि नेता नेपालले आफू कांग्रेससहितको गठबन्धनमै रहने स्पष्ट पारेका छन्। ‘अब म गठबन्धनमा रहेपनि पार्टीभित्र अप्ठेरो नपर्ने र एकता प्रक्रियामा समस्या नपर्ने गरी रहनेछु,’ नेता नेपालले भने।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माआवोवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए। यही गठबन्धनका सांसदहरुले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरेका थिए। भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेपछि उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि आइतबार राति एमालेको विवाद समाधान कार्यदलले एकताका लागि भन्दै गरेको १० बुँदे सहमति शीर्ष नेता (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल)लाई बुझाउने निर्णय गरेको थियो। नेपालले भने सर्वोच्चको फैसला नआउँदासम्म केही नगर्ने बताउँदै आएका थिए। नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा पार्टीभित्र सल्लाहपछि मात्रै निश्चित हुने बताए।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *