Sunday , August 1 2021
Breaking News
Home / समाचार / भारतमा चट्याङको बेलामा सेल्फी लिँदा एकैपटक ११ जनाको मृत्यु

भारतमा चट्याङको बेलामा सेल्फी लिँदा एकैपटक ११ जनाको मृत्यु

काठमाडौ । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो । जसको कारण फरक(फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ ।

राजस्थानको राजधानी जयपुरलगायत राज्यका धेरै जिल्लाहरूमा आइतवार भारी वर्षा भयो। चट्याङले गर्दा राज्यमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ।

जयपुरको उत्तरमा ११ जना व्यक्तिले सेल्फी लिइरहेका बेला दुर्घटना भएको छ । यो दुर्घटना भएको समयमा यी व्यक्तिहरू आमेर फोर्टको वाच टावरको माथि वर्षामा सेल्फी लिइरहेका थिए। जब यो दुर्घटना भयो, करिब २७ जना मानिस किल्लाको टावर र भित्तामा थिए। तिनीहरूमध्ये केहीले बिजुली चम्केपछि हाम फालेका थिए ।

प्रयागराजमा पनि १३ जनाको निधन भएको छ । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।

राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको छ ।’

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *