Sunday , August 1 2021
Breaking News
Home / समाचार / चितवनमा एकै घरका ४ जनालाई बगायो, एक जनाको श’व फेला बाँकीको खोजी गरिदै…

चितवनमा एकै घरका ४ जनालाई बगायो, एक जनाको श’व फेला बाँकीको खोजी गरिदै…

तीन दिनदेखि लगातार परेको भारी वर्षाले चितवनका सातै पालिकाहरुमा ठूलो क्षति गरेको छ । राप्ती नगरपालिका वडा नं–१२ मा पहिरोले एकै घरका चार जनालाई बगाएको छ, जसमध्ये एक जनाको शव भेटिएको छ । रत्ननगरको पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । राजमार्गमा रहेको पक्की पुल नै बाढीले भत्काएको छ ।

खैरहनीमा रहेको बाबा ग्यास उद्योग नै डुबानमा परेको छ भने सिलिन्डर ग्यासहरु बाढीले बगाएको छ । भरपुर–११ र १२ नं वडाका सयौँ घरहरु डुबानमा परेका छन् । कालिका नगरपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ ।

इच्छाकामनामा ठाउँठाउँमा पहिरो खसेर कयौँ परिवारहरु विस्थापित भएका छन् । माडीमा रहेका सबै खहरे खोलाहरु बढेर स्थानीयमा त्रास फैलिएको छ । नारायणी नदी नबढेका कारण तत्काल नारायणी नदी तटीय क्षेत्रहरुमा जोखिम कम छ ।

अब पैसा पर्दैन जानुस् भनेपछि नारायण ढुङ्गाना/अजयकुमार साह, धनुषा : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा हुनुहुन्थ्यो । सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरिएको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुग्नुभयो । राससमार्फत समाचार सार्वजनिक भयो । मिडियामार्फत जानकारी पाएर प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाउनुभयो ।

असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आउनुभएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गर्नुभएको थियो । त्यसपछि बेगम घर फर्किन सफल हुनुभएको हो । “अनलाइमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको शाक्यले सुनाउनुभयो ।

प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उहाँलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा आज रासससँगको टेलिफोन कुराकानीमा समिरले भन्नुभयो, “मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।”

पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा ति¥यो भन्नेबारेमा ज्ञान छैन । “पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको”, उहाँले कुराकानीका क्रममा थप्नुभयो ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *