Sunday , September 26 2021
Breaking News
Home / समाचार / जसले ३७ हजार नगद सहित एक तोला सुन भेटेर फिर्ता गरिदिए

जसले ३७ हजार नगद सहित एक तोला सुन भेटेर फिर्ता गरिदिए

मान्छेहरु लगेको सामान फिर्ता गर्न आनाकानी गर्छन ।तर एक इमान्दार व्यक्तिले आफ्नो इमान्दारिता देखाएर सम्मान पाएका छन ।दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनु्सार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको शुक्रवार घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बु’झाएको भन्दै सम्मान गरिएको हो ।

झोला भित्र ३७ हजार नगद सहित एक तोला सुन रहेको थियो । उक्त झोला प्रहरी कार्यालयमा बु’झाउने अटो चालक घोराही १३ बस्ने २९ बर्षिय रामप्रसाद झाँ’क्रिमगरलाई सम्मान गरिएको प्रहरीले बताएको छ ।

थप समाचार – घोराही उपमहानगरपालिका १७ क्वा’डिमा घरको गारो भ’त्किएर मृ’त्यु भएकी तीन महिनाकी विनु चौधरीको परिवारलाई सरकारले सवा २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।जिल्ला वि’पद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र घोराही उपमहानगरपालिकाको तर्फबाट २५ हजार गरी २ लाख २५ हजार रुपैयाँ पि’डित परिवालाई उपलब्ध गराईएको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख एसपी सुरेश काफ्ले सहित जनप्रतिनिध र पत्रकारहरुको उपस्थितीमा दि’बंगत विनुकी बुवा आशाराम चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

घ’टनामा परि आशारामकी श्रीमती र छोरी घा’ईते भएको र उनीहरुको नि’शुल्क उपचार गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए । यस्ता वि’पद्का घटनामा परि दि’बंगत हुने परिवारलाई सरकारले तो’केको आर्थिक सहायता उपलब्ध गराएको र घा’ईतेको उपचार खर्च सरकारले व्य’होर्ने उनले बताए ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *