Sunday , August 1 2021
Breaking News
Home / समाचार / खुसिकाे खबर ! अमेरिकाले नेपाललाई १५ लाख डोज काे-राेना विरुद्धको खोप सहयोग गर्ने पक्का

खुसिकाे खबर ! अमेरिकाले नेपाललाई १५ लाख डोज काे-राेना विरुद्धको खोप सहयोग गर्ने पक्का

खुसिकाे खबर ! अमेरिकाले नेपाललाई १५ लाख डोज काे-राेना विरुद्धको खोप सहयोग गर्ने पक्का । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्न लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् । ‘उक्त खोपको थप विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।

उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्ने बारेमा भने अहिले नै पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनको तर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन । अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो ।

उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो । तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन । साभार ekantipur

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *