Sunday , August 1 2021
Breaking News
Home / समाचार / भ्वाइसमा फर्किए महागुरु दिप श्रेष्ठ, यसरी गरियो भब्य स्वागत, हेर्नुस् भिडियो ..।

भ्वाइसमा फर्किए महागुरु दिप श्रेष्ठ, यसरी गरियो भब्य स्वागत, हेर्नुस् भिडियो ..।

कोरोना संक्रमित भएर लामो समय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को सेट बाहिर रहेका कोच दीप श्रेष्ठ शोमा फर्किएका छन्।

‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रूपमा रहेका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

भ्वाईसमा फर्किएका दिप श्रेष्ठलाई भब्य रुपमा स्वगत पनि गरियो । धेरै समय पस्चात स्टेजमा पुगेर प्रस्तुति दिएका उनले भ्वाइसको माहोल नै बदलिदिए ।

स्टेजमा पुगेर गीत गाएका उनलाई लिन अन्य कोचहरु कोच राजु लामा, तृष्णा गुरुङ र प्रमोद खरेल आफ्नो कुर्सीबाट निस्किएर लिन पुगे । सबै कोचहरुले माहागुरु कोचको हात समाएर बसेको स्थानबाट उठाए र बिस्तारै डोर्‍याए ।

आगामी शुक्रबार र शनिबारको एपिसोडमा दीप श्रेष्ठनै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुई दिन अघि नै भइसकेको निर्देशक पौडेलले जानकारी दिए।

कोरोना संक्रमण पछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो। दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए।

श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल ’ को सेटमा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा राजेशपायल राईलाई ल्याइएको थियो। यो सातादेखि ‘द भ्वाइस अफ नेपाल’ ३ लाइभ राउण्ड प्रसारण हुनेछ।

भ्वाइसमा गायक राजेशपायल राईको ईन्ट्रीले छुट्टै माहोल बनाएको थियो । उनले सधै माहागुरु दिप श्रेष्ठको सम्मान गरे । कुनै पनि निर्णय र प्रतिक्रियामा माहागुरुलाई बिर्सन सकेनन् ।

आजबाट सुरु हुने लाईभमा सबै कोचबाट ३,३ जना गरि जम्मा १२ जना प्रतिस्पर्धीहरु रहेका छन् । निकै उत्कृष्ट प्रतिस्पर्धीहरुको अबको प्रस्तुति निकै दमदार रहने आशा गरिएको छ । यद्यपि अब भोटिङबाट को अघि बढ्छ भन्ने तय गर्नेछ ।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन् । यस्तै टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष छनौट भएका छन् । टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरीले लाइभ राउण्डमा जाने मौका पाएका छन् । हेर्नुस् भिडियो ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *