Monday , August 2 2021
Breaking News
Home / समाचार / पुल्चोकमा ट्रकको ठक्करबाट स्कुटर पछाडि बस्नेको मृत्यु, चालक घाईते

पुल्चोकमा ट्रकको ठक्करबाट स्कुटर पछाडि बस्नेको मृत्यु, चालक घाईते

चितवन । नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु भएको छ भने अर्का घाईते भएका छन । स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन । दुर्घटना दिउसो पौने १ बजे भएको हो

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणढको पुल्चोकमा गैंडाकोटबाट चौबीसकोठी तर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो । चालक न्यौपानेको सोही अस्पतालमा उपचार भईरहेको छ ।। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *