Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / उमेर बाउ छोरीको जस्तै, तर नाता श्रीमान श्रीमती भएका बलिउडका ७ जोडी

उमेर बाउ छोरीको जस्तै, तर नाता श्रीमान श्रीमती भएका बलिउडका ७ जोडी

बलिउड अभिनेता मिलिन्द सोमण गर्लफ्रेन्ड अङ्किता कंवरसँग केहि पहिला विवाह बन्धनमा बाँधिए ।
५२ वर्षीया मिलिन्दले २७ वर्षकी अङ्कितासँग जोडी बाँधेका हुन् । मिलिन्दले आफूभन्दा २५ वर्षले कान्छी अङ्कितनासँग विवाह गरेका हुन्

उनले आफूभन्दा धेरै कान्छीसँग विवाह गरेको भन्ने विषयमा धेरैले प्रश्न पनि उठाएका छन् । तर उमेरमा धेरै अन्तर देखिएको यो बलिउडको पहिलो जोडी भने होइन । बलिउडमा अन्य धेरै स्टार छन्, जसको रियल जोडीको उमेर धेरै अन्तर देख्न पाइन्छ ।
-सैफअली खान र करिना कपुर

सैफले आफूभन्दा १२ वर्षले जेठी अमृतासँग पहिलो विवाह गरेका थिए । १९९१ मा भएको विवाह २००४ मा टुट्यो । अमृताको तर्फबाट एक छोरी सारा र एक छोरा इब्राहिम रहेका छन् । सैफले १०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिनाको तर्फबाट एक छोरा तैमुर छन् । करिना र सैफको उमेर अन्तार १२ वर्ष रहेको छ ।
-धमेन्द्र र हेमा मालिनी

धमेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । पछि उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरे । १९८० मा उनले हेमासँग विवाह गरेका थिए । विवाहको समय यी दुवैको उमेर अन्तर १३ वर्ष थियो । पहिलो पत्नीबाट उनको दुई छोरा सन्नी र बब्बी देओल र दुई छोरी विजेता र अजिता रहेका छन् भने हेमाबाट २ छोरी ईशा र अहाना छन् ।
-संजय दत्त र मान्यता दत्त

संजयले पहिलो विवाह ऋचा शर्मासँग गरेका थिए । १९८७ मा विवाह भएको थियो । तर १९९६ मा ऋचाको ब्रेन ट्युमरका कारण मृत्यु भयो । त्यसपछि संजयले रिया पिल्लईसँग १९९८ मा दोस्रो विवाह गरे । यो विवाह पनि लामो समय टिक्न सकेन । उनले २००८ मा मान्यतासँग तेस्रो विवाह गरे । संजय र मान्यतामा २० वर्षको उमेर अन्तर रहेको छ ।
-साहिद कपुर र मिरा राजपुत

साहिदले २०१५ मा मिरासँग विवाह गरेका थिए । दुवैको एकछोरी मिसा छिन् । मिरा उमेरले साहिद भन्दा १३ वर्षले कान्छी रहेकी छन् ।
-आमिर खान र किरण राव

आमिरले १९८६ मा घरबाट भागेर रीनासँग विवाह गरेका थिए । १६ वर्षपछि दुवैको डिभोर्स भयो । २००५ मा अमिरले किरण रावसँग दोस्रो विवाह गरे । ८ वर्षको उमेर अन्तर रहेको यी दुईका अहिले दुई बच्चा रहेका छन् ।
-रितेश देशमुख र जेनेलिया डिसुजा

यी दुवैको विवाह २०१२ मा भएको थियो । ९ वर्षको उमेर अन्तर रहेको यो जोडीको दुई बच्चा रहेका छन् ।
-सायरा बानो र दिलिप कुमार

दिलिपले १९६६ मा सायरासँग विवाह गरेका थिए । यी दुवैको उमेर अन्तर २२ वर्षको थियो । सायरालाई डिभोर्स नदिँदै दिलिपले १९८१ मा आसमा रहमानसँग विवाह गरे । तर आसमा अहिले उनीसँग छैनन् । उनी अहिले सायरासँग नै रहँदै आएका छन् ।

About admin

Check Also

सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *