Sunday , September 26 2021
Breaking News
Home / समाचार / हावाबाट को’रोना फैलिरहेको छ, सा’वधानी अपनाउनुहोस्: स्वास्थ्य मन्त्रालय

हावाबाट को’रोना फैलिरहेको छ, सा’वधानी अपनाउनुहोस्: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना भाइरस हावामा फैलिरहेको सा’वधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भाइरस, मानिस र वातावरणको त्रि’कोण संक्रमण हुन मुख्य भूमिका खेल्ने बताए।

‘हावामा को’रोना फैलिरहेको भन्ने पुष्टि भइसकेको छ। हामी बस्ने कोठमा, झ्याल हावा खेल्ने हुनुपर्छ,’ डा. पौडेलले भने, ‘ हाम्रो व्यवहारबाट संक्रमण सर्ने हुन्छ। जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न नछोडौं।’ रो’गसँग ल’ड्ने क्षमता कम भएका व्यक्तिमा धेरै संक्रमण हुनसक्छ।

‘दी’र्धरो’गका मानिसलाई को’रोना भाइरसले धेरै असर गर्छ। नयाँ प्र’जातिको खोप आएमा खोपले पनि काम नगर्ने हुन्छ। त्यसकारण, जनस्वास्थ्यको मा’पदण्ड अनिवार्य रूपले पालना गरौं,’ डा. पौडेल भन्छन्।’ को’भ्यास, भारत र चीनबाट खोप आउने क्रम जारी रहेकाले उमेर समूह अनुसार को’रोना विरुद्धको खोप दिने उनले जनाकारी दिए।

यता नेपालमा पुन को’रोना संक्रमणको दर बढ्दै गएको छ। बुधबार मात्रै २ हजार ९७९ जनामा को’रोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८९८ नुमना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म ३३ लाख ९१ हजार ३७९ पिसिआर र २ लाख १७ हजार ४२१ को’रोनाको नमुना परीक्षण भएको छ।

जसमध्ये पिसिआर मार्फत ६ लाख ५० हजार १६२ र एन्टिजेन मार्फत ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ९० हजार ९७४ जनामा संक्रमित देखिसकेको छ। बुधबार १ हजार ३३३ जना संक्रमणमु’क्त भएका छन्। यो सँगै निको हुनेको संख्याको ६ लाख १४ हजार ३२७ निको भएका छन्।

आज २३ हजार ७५६ सक्रिय संक्रमित भएका छन्। जसमध्ये २ हजार ७८८ संस्थागत आ’इसोलेसनमा छन्। मन्त्रालयको अनुसार ५७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचार भइरहेको छ। आज को’रोना संक्रमणबाट २८ जनाको नि’धन भएको छ। यो सँगै ९ हजार २९१ जनाको ज्यान गु’माइसकेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनालाई को’रोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जनालाई संक्रमण पुष्टि भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे प्रवक्ता पौडेलले बताए।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *