Sunday , September 26 2021
Breaking News
Home / समाचार / दुई साता पनि नबित्दै फेरि बढ्यो पेट्रोलको मूल्य

दुई साता पनि नबित्दै फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरीमूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।

गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ । अझै पनि निगमलाई पेट्रोलमा ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय १९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *