Friday , September 24 2021
Breaking News
Home / समाचार / सार्वजनिक यातायात खुल्ने , लामो दुरीका पनि

सार्वजनिक यातायात खुल्ने , लामो दुरीका पनि

काठमाडौं । यातायाता व्यावसायीहरुले प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने चेतावनी दिएका छन् । व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका हुन् । बिहीबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग व्यावसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खन

सक्ने त्यसपछि निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी कोरोनाको महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।यसअघि उनीहरुले शुक्रबारबाटै लामो तथा छोटो सबै खालका सवारी संचालन गर्ने बताएका थिए । तर उनीहरु प्रशासनको निर्देशनलाई पालना गर्दै रोकिएका हुन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली

हटाउने निर्णय गरेका हुन् । सँगै २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् । उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *