Sunday , September 19 2021
Breaking News
Home / समाचार / उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चल्ने

उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् । सँगै २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् ।

उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो। माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।

सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञा हटाएको हो ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *