Monday , August 2 2021
Breaking News
Home / समाचार / २०२१, ०४ जुलाई आइतबारको अन्तर्राष्ट्रिय उडान तालिका हेर्नुहोस,,,

२०२१, ०४ जुलाई आइतबारको अन्तर्राष्ट्रिय उडान तालिका हेर्नुहोस,,,

त्रिभुवन अन्तर्राष्ट्रिय बिमान विमानस्थल काठमाडौंले जुलाई २०२१ ०४ आइतबारलाई अन्तर्राष्ट्रिय उडान तालिका प्रकाशित गरेको छ। उक्त तालिकामा आइतबार हुने सबै प्रकारका अन्तर्राष्ट्रिय उडानको विवरण दिएको उक्त तालिका अनुसार नेपाल बायु सेवा निगम ले कतार र ऐर अरेवीया ले अबुदाबी उडान गर्ने छ।

जुलाई महिनाको लागी उडान तालिका सार्वजनिक, कुन देशमा कति उडान

सरकारले बिहीबार (आज)बाट सुरु भएको जुलाई महिनाभरका लागि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि आगामी ३१ जुलाईसम्मका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

पछिल्लो समय स्वदेशमा मात्र नभएर संसारभर कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएसँगै प्राधिकरणले प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान भर्नेगरी नयाँ उडान तालिका स्वीकृत गरेको छ । यो तालिका पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको हवाई उडान स्वीकृतिका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को निणर्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम हाल प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकेर नियमित अन्तर्राष्ट्रिय उडान खोलेको छ ।

अझै दक्षिण कोरिया र चीनबाट भने सम्बन्धित वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । यी मुलुकबाहेक अन्य गन्तव्य मुलुकमा सातामा कुल २१ वटा अन्तर्राष्ट्रिय उडानको अनुमति दिइएको छ । यसरी अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।

स्वदेशी वायुसेवा कम्पनीका विमान नजाने गन्तव्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । हाल कोरिया, टर्की, कुवेत र ओमान स्वदेशी वायुसेवा कम्पनीको विमान नजाने गन्तव्य मुलुक हुन् । हाल नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट भारतको नयाँ दिल्ली, कतारको दोहा, यूएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा सीधा उडान भर्नेछ । यसैगरी, अर्को स्वदेशी निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरेबियाको दमाम, यूएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान भर्ने अनुमति पाएको छ ।

यस नयाँ उडान तालिकाअनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउने विदेशी वायुसेवा कम्पनीमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाई दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले आगामी ३१ जुलाईसम्मका लागि स्वीकृत उडान सम्बन्धित वायुसेवा कम्पनीले कोरोना महामारीबीच हवाई उडानमा अपनाउनुपर्ने सम्पूर्ण स्वास्थ्य सुर’क्षा मापदण्ड पु-याएर उडान भर्ने सर्तसहित माग गरेअनुरूप स्वीकृत भई उडान तालिका सार्वजनिक गरिएको बताए ।

यसैगरी, प्राधिकरणले बिहीबारदेखि नै लागूू हुनेगरी नियमित आन्तरिक हवाई उडान सञ्चालनको अनुमति दिएको छ । सोहीअनुरूप सम्बन्धित वायुसेवाका विमानले बिहीबार बिहानैदेखि नियमित आन्तरिक हवाई उडान भर्नेछन् । हाललाई सरकारले साबिकको तुलनामा ५० प्रतिशतभन्दा नबढाउने गरी आन्तरिक उडान भर्ने अनुमित दिएको छ । यस अनुमतिअनुसार उडान स्वीकृत पाएका सम्बन्धित वायुसेवाका विमानले दैनिक जम्मा ६४ वटा मात्र उडान भर्न पाउनेछन् । मधुजंग पाण्डे/ राजधानी दैनिक

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *