Sunday , August 1 2021
Breaking News
Home / समाचार / संसारलाई चकित पार्ने यस्तो गाउँ जहाँ पाइन्छ १ युरो मै घर – (फोटो फिचर सहित)

संसारलाई चकित पार्ने यस्तो गाउँ जहाँ पाइन्छ १ युरो मै घर – (फोटो फिचर सहित)

एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ ।

संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि कास्ट्रोपेग्नानो नै भएको छ । इटलीको मोलिजको मध्यक्षेत्रमा पर्ने यो गाउँको एउटा घरको मूल्य प्रशासनले १ युरो तोेकेको छ । यो योजना स्थानीय प्रशासनले सुरु गरिसकेको छ ।

कास्ट्रोपिनो सस्तो घर दिने विश्वको पहिलो गाउँ बनेको छ । सन् १९३० को खशकमा यो गाउँमा २५ सय मानिसहरुको बसोबासो रहेको थियो । दोश्रो विश्वयुद्धको क्रममा धेरै मानिसहरु यहाँबाट बसाइँ सरेका थिए ।

त्यस्तै सन् १९६० पछि धेरै युवा युवतीहरुले रोजगारी र अन्य अवसरहरुका लागि गाउँ छोडे ।अहिले सो गाउँमा ६० प्रतिशत मानिसहरु ७० वर्षभन्दा माथिका रहेका छन् ।

अहिले स्थानीय प्रशासन उक्त गाउँलाई पुनःस्र्थापित गर्ने अभियानमा लागेको छ । त्यसकारण पनि निकै सस्तोमा घरहरु किनबेच भैरहेको छ । यसभन्दा पहिले स्थानीय प्रशासनले घरमुलीहरुलाई सूचना पठाएको थियो । हेर्नुहोस तस्बिरहरु

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *