Friday , September 24 2021
Breaking News
Home / समाचार / २४ घन्टामा २२ सय सवारी साधन @प्रहरी नियन्त्रणमा, यस्तो छ कारण |

२४ घन्टामा २२ सय सवारी साधन @प्रहरी नियन्त्रणमा, यस्तो छ कारण |

काठमाडौं । विभिन्न जिल्ला मा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । @तीमध्ये १ हजार ८ सय ५९ वटा गाडी र ३ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट @सहितको को भि ड १९ संक्रमण को रोकथाम तथा जोखि म न्यूनीकरण का लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईं को मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ८ सय ७९ जनालाई @निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड १९ रोकथा म तथा नियन्त्रण का लागि स्थानीय प्रशासनद्वारा जारी @गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ३ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतनामूलक @कार्यक्रम अन्तर्गत ४ हजार २ सय ३५ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय @लगायतका सरोकारवाला हरू सँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिए को छ ।

यो पनि – जल तथा मौसम विज्ञान @विभागले देशका अधिकांश @भूभाग मा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा @चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतकर्ता अपनाउन आग्रह गरेको हो । ती प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन तथा यातायत क्षेत्र प्रभावित हुनसक्ने भएका ले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका धेरै स्थान मा मध्यम देखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखा को विवरणमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेश का थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश का थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *