Saturday , September 25 2021
Breaking News
Home / मनोरंजन / दीक्षा र उज्वललाई हराउदै नेहारिका पुगिन लाईभ शोमा, हेर्नुस् भिडियो ..।

दीक्षा र उज्वललाई हराउदै नेहारिका पुगिन लाईभ शोमा, हेर्नुस् भिडियो ..।

नकआउट राउन्ड चलिरहेको द भ्वाइस अफ नेपालको शुक्रबारको प्रस्तुती निकै दमदार रह्यो । कोच तृष्णा, कोच प्रमोद र कोच राजुको गरि ३ नकआउट भयो ।

को-भिडको कारणले केही कोच र प्रतिस्पर्धीलाई पोजेटिभ देखिएपछी प्रभाबित बनेको भ्वाइसले साताको २ दिन प्रशारण गर्दै आएको कार्यक्रम १ दिनमा सिमित गराएको छ । प्राय सबैजनाको स्वस्थ्य अबस्था राम्रो भैसकेतापनी कोच दीपको स्वस्थ अबस्था भने अझै पुर्ण रुपमा निको भैसकेको छैन । जसका कारणले कोच दीपको स्थानमा स्ट्यान्डिङ कोचका रुपमा चर्चित गायक राजेश पायल राई रहेका छन् ।

शुक्रबार भएको टिम प्रमोदको नकआइट निकै टफ रह्यो । निकै उत्कृष्ट आवाज भएका उज्वल नेपाल, दिक्षा थापा र नेहारिका ज्ञावलीको प्रस्तुतिले भ्वाइसको माहोल नै तताईदियो ।

कोच प्रमोदलाई लाईभ शोमा कसलाई अघि लैजाने भनेर सोच्न बाध्य पारिदियो । ३ प्रतिस्पर्धी मध्ये कुनै एकलाई मात्र अघि लैजान पाउने बाध्यता रहेकै थियो । अन्तत प्रमोदले नेहारिका ज्ञावलीलाई लाईभ शोमा लैजाने निर्णय गरे ।

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को ब्लाईन्ड अडिसनमा धमाकेदार प्रस्तुति दिएर चारैजना कोचलाई आफुतिर फर्काउन सफल प्रतिस्पर्धी उत्सव नेपाल । दृष्टिबिहिन उत्सबको क्षमता , कला र गलाको सबैले तारिफ गरे ।

पाल्पाका उत्वसले भ्वाइसको मञ्चमा गाएको गीतले सबै कोचहरुले स्ट्याण्डिगं अभियसन दिएर सम्मान गरेका थिए । ब्याटलमा उनको भेट सिजात्सु श्रेष्ठसंग भएको थियो ।

यस्तै ब्लाईन्ड अडिसनमा सबै कोचलाई आफुतर्फ फर्काउन सफल अर्की प्रतिस्पर्धी हुन् दीक्षा थापा । निकै उत्कृष्ट प्रस्तुती दिएकि उनले पनि कोचहरुको स्ट्यान्डिङ अभियसन पाएकी थिईन ।

ब्याटलमा उनको भेट ध्रुब तामाङ संग भएको थियो । दिक्षाको पहिले पनि गीत गाईरहने प्रतिस्पर्धी हुन् । पहिले नै मिडियामा छाईसकेकी उनको आफ्नै फ्यान फलोवर्स छ ।

नेहारिका ज्ञावली टिम राजुबाट स्टिल भएर टिम प्रमोदकोमा गएकि प्रतिस्पर्धी हुन् । निहारिकाले आफ्नै टीमकी एक अर्की अब्बल प्रतिस्पर्धी तारा श्रीष मगरसित ‘सधैं आइरहन्छ’ गीतमा उत्कृष्ट गायकी प्रदर्शन गरेपछि कोच राजुलाई कसलाई लिने भनी निर्णय गर्न कठिन पर्यो ।

तर कोच राजुले आफ्नो सल्लाहकारबाट पनि सल्लाह लिएपछि अन्तमा तारा श्रीष मगरलाई रोजेका थिए र अन्तत कोच प्रमोदले स्टिल गरेका थिए । हेर्नुस् भिडियो ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *