Monday , August 2 2021
Breaking News
Home / प्रमुख समाचार / मनसुनका २१ दिनमा ३३ जनाको मृत्यु, ३० बेपत्ता

मनसुनका २१ दिनमा ३३ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् ।

मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबान र कटानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्षति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मुस्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिनेगरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ ।

यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

About admin

Check Also

परिक्षार्थीहरुका लागि खुसीको ख’बर, मन्त्रीपरिषद्ले नै दियो यस्तो निर्देशन

का’ठमाडौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *