Monday , August 2 2021
Breaking News
Home / समाचार / बाढीमा फसेका नागरिकलाई प्रहरीले यसरी जोगाए ज्यान

बाढीमा फसेका नागरिकलाई प्रहरीले यसरी जोगाए ज्यान

काठमाडौ । लगातारको वर्षापछि मुलुकका विभिन्न नदीहरुमा वहाव बढेको छ । गाउँहरु डुवानमा परेका छन् । अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सश स्त्र प्रहरीले बिहान सकुशल उद्धार गरेको छ। तरकारी कुर्न बारीमा गएकाहरु नदीको बहाव बढेसंगै उतै फसेका हुन् ।

उनीहरु अप्ठेरोमा परेको सूचना पाए लगत्तै प्रहरी पुगेको थियो । रातीमा तरकारी कुर्न गएकाहरु रातभर परेको वर्षाले बढेको नदीको वहावमा फसेका थिए । उक्त नदीको बीच भागमा रहेको टापुमा फसेकाहरुलाई विहिवार विहान प्रहरीले सकुशल उद्दार गरेको हो । उद्धार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सितादेवी यादव र २७ वर्षीया संजय अधिकारी छन्।

यो अर्को समाचार, मेलम्चीको पानी बर्षायाम सकिएपछि मात्रै उपत्याकाबासीले पिउन पाउने भएका छन्। बाढी पहिरोको कारण क्षति पुगेपछि मेलम्चीको पानी उपत्यकामा आइपुग्न भदौ अन्तिमसाता लाग्ने देखिएको हो।

बर्षातको समय सकिएपछि मात्रै उपत्यकाबासीले खानेपानी पिउने पाउने सम्भावना रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाढीले धेरै संरचनामा क्षति पुगेकाले समयमा पानी आउन नसक्ने बताए। असार १ गतेबाट सुरुङ परीक्षण गर्न पानी बन्द गरिएको थियो।

परीक्षणमा करिब दुई महिना समय लाग्ने आयोजनाले जनाएको थियो। ‘मेलम्चीको पानीमा बाढीले धेरै क्षति पुर्‍याएको छ,बनाउन समय लाग्छ,सबै काम सकियो भने भदौ अन्ततिर पानी आउन सक्छ,’उनले भने।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *