Monday , September 27 2021
Breaking News
Home / समाचार / बाढीले पुरियो एम्बुलेन्स, बिरामीको मृत्यु, चालक घाइते

बाढीले पुरियो एम्बुलेन्स, बिरामीको मृत्यु, चालक घाइते

काठमाडौ । विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृत्यु भएको भने चालक घाइते भएका छन् । कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बाढीमा पुरिएको हो । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मादी गाउँपालिका वडा नं। ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो । एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृत्यु भएको छ । माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

उनलाई स्थानियले उद्धार गरेर अस्पताल लगेका थिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अनुसार जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल छन् । फाइल तस्बिर

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *