Friday , September 24 2021
Breaking News
Home / समाचार / आज बढ्यो सुनको भाउ ? हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

आज बढ्यो सुनको भाउ ? हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ।

बुधबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *