Monday , August 2 2021
Breaking News
Home / प्रमुख समाचार / आज पनि देशैभर पानी पर्ने, यि स्थानमा भारी वर्षा हुने सबै लाई सतर्क रहन मौसम बिभागको आग्रह,

आज पनि देशैभर पानी पर्ने, यि स्थानमा भारी वर्षा हुने सबै लाई सतर्क रहन मौसम बिभागको आग्रह,

आज पनि देशैभर पानी पर्ने, यि स्थानमा भारी वर्षा हुने सबै लाई सतर्क रहन मौसम बिभागको आग्रह, काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा भई एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा भईरहेको महाशाखाले उल्लेख गरेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरी बर्षा को कारण जनजीवन प्रभावित हुने हुदा सबै लाई सतर्क रहन आग्रह ,

About admin

Check Also

परिक्षार्थीहरुका लागि खुसीको ख’बर, मन्त्रीपरिषद्ले नै दियो यस्तो निर्देशन

का’ठमाडौ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *