Monday , September 27 2021
Breaking News
Home / प्रमुख समाचार / २४ घण्टामा ३ हजार ५९७ संक्रमित निको भए

२४ घण्टामा ३ हजार ५९७ संक्रमित निको भए

काठमाडौं – पछिल्लो आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भइसकेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमण्का करण ९ हजार ११२ जनाको मृत्यु भइसकेको छ ।यसमा गत वैशाख र जेठ महिनामा मृत्यु भएका तर अद्यावधिक नभएको संखया समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *